‘नेपालदेखि अमेरिकासम्म’ सार्वजनिक

काठमाडौँ, ११ माघ : पुस्कर पन्तको कविता सङ्ग्रह ‘नेपालदेखि अमेरिकासम्म’ सार्वजनिक गरिएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल वाग्मती समितिको आयोजनामा भएको कार्यक्रममा समितिका अध्यक्ष राधेश्याम लेकाली, साहित्यकार डा शान्ति गिरी र कृष्ण प्रधानले संयुक्त रुपमा सो कविता सङ्ग्रह सार्वजनिक गर्नुभयो ।

कविता सङ्ग्रहमाथि टिप्पणी गदै डा गिरीले लेखक पन्तले सङ्ग्रहमा नेपाल र अमेरिकाको भोगाइ र अनुभूतिलाई चित्रण गरेको बताउनुभयो । उहाँले प्रवासमा बस्दा आफ्नो परिवारसँगको भेटघाट, दिनचर्या र भोगाइलाई कविताको माध्यमबाट कविले चित्रण गरेको बताउनुभयो । नेपालको राजनीति नसुध्रिएकाले धेरै नेपाली विदेश जान बाध्य भएको कुरासमेत कविता सङ्ग्रहमा उल्लेख छ ।

साहित्यकार प्रधानले सङ्ग्रहको शैली, भाषा र विम्बप्रतिको संयोजनले कवितालाई तुलनात्मक रुपमा राम्रो बनाएको बताउनुभयो । उहाँले कवि विदेशमा भएपनि कविताको माध्यमबाट नेपालको मौलिकता, संस्कृति र राजनीतिमा बढ्दै गएको भ्रष्ट्राचारप्रति चिन्ता व्यक्त गरिएको बताउनुभयो । समितिका अध्यक्ष लेकालीले नयाँ पुस्ता नेपाली भाषा हस्तान्तरण गर्ने विषयप्रति चिन्तत रहेका बेला कविताले विदेशमा रहेका नेपालीलाई नेपाली भाषा सिकाउन महत्वपूर्ण योगदान रहने बताउनुभयो । सो कविता सङ्ग्रहमा ‘अमेरिकाको डिउटी’, ‘अमेरिकाको सपना’, ‘मेरो देश’ ‘मेरो देश र नेता’ लगायतका ४९ कविता समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.