कलाकार न्यौपानेको निधन

कलाकार गणेश न्यौपाने ‘मुनाल’ । तस्विर साभार: लाइट नेपाल

काठमाडौँ, ७ माघ : कलाकार गणेश न्यौपाने ‘मुनाल’को आज निधन भएको छ । दमका रोगी ६८ वर्षीय मुनालको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको कलाकार निर्मल शर्माले जानकारी दिनुभयो ।

मुनालले प्रेमयुद्ध, दिदीबहिनी, मिस्टर डन, सेतो बाघलगायत चलचित्र तथा ‘तितो सत्य’लगायतका टेलिश्रृङ्खलामा अभिनय गर्नुभएको थियो ।

मुनालको आजै अन्तिम संस्कार गरिने भएको छ । उहाँको पार्थिव शरीर पशुपति आर्यघाटमा श्रद्धाञ्जलिका लागि राखिने शर्माले जानकारी दिनुभयो । मुनाल काठमाडौँको महाङ्कालका स्थायी बासिन्दा हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.