तीन अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ, ३० पुस : नेपाल राष्ट्र बैंकले रु तीन अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

कूल ९१ दिनका लागि उक्त बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । बैंकले मङ्गलबार उक्त बिल जारी गर्नेछ । बैंकले यसअघि पुस २३ गते रु तीन अर्ब २५ करोड बराबरको २८ दिने र रु एक अर्ब बराबरको ९१ दिने ट्रेजरी बिल बिक्री गरेको थियो ।

सरकारलाई आवश्यकपर्ने अल्पकालीन खर्च जुटाउन यस्तो बिल बिक्री गर्ने गरिन्छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई खरीद प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.