सङ्गीत प्रज्ञा–प्रतिष्ठानमा रायन र नाफामा कर्माचार्य
काठमाडौँ, १६ पुस : सरकारले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा –प्रतिष्ठानका कुलपतिमा नारायणभक्त श्रेष्ठ (रायन) लाई नियुक्त गरेको छ ।
त्यस्तै उपकुलपतिमा हरिहर शर्मा, सदस्य सचिवमा श्यामप्रकाश तमोट तथा प्राज्ञ परिषद् सदस्यमा हरिदेवी कोइराला, नमूना शर्मा, धीरेन्द्र प्रेमर्षि, अशोककुमार राई, निशा पोखरेल र मेघराज नेपाल (मञ्जुल) नियुक्त हुनुभएको छ ।
यसैगरी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान(नाफा)का कुलपतिमा कान्छाकुमार कर्माचार्य, उपकुलपतिमा गोपाल चित्रकार र सदस्य सचिवमा विपीनकुमार घिमिरे तथा प्राज्ञ परिषद् सदस्यमा रमेशनाथ खनाल, मिथिला देवी, सुष्मा राजभण्डारी, लालकाजी लामा, बुद्धिबहादुर गुरुङ र धर्मराज शाक्यलाई नियुक्त गरिएको छ ।
उहाँहरुको कार्यकाल चार वर्षको हुनेछ ।
