कवि रामविनय सम्मानित

काठमाडौँ, १४ पुस : साहित्यको माध्यमबाट सामाजिक चेतना फैलाउने कार्यमा महत्वपूर्ण योगदान पु¥याए वापत नेपाली वाङ्मय साधना सम्मान कवि राम विनयलाई प्रदान गरेको छ ।

नेपाल वाङ्मय परिषद्द्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उहाँलाई नगद रु १० हजार र कदरपत्रसहित सो सम्मान प्रदान गर्नुभएको हो ।

कवि विनयका ‘तातो बाफ’ कविता सङ्ग्रह विसं २०२१ मा प्रकाशित भएको थियो भने ‘म आएको छु’ २०४७, ‘जराको स्वर’ २०६०, ‘फेरिएको चित्र’ २०६८ कविता प्रकाशित छन् । त्यसैगरी उहाँको ‘टापुमा तैरिँदै’ यात्रा संस्मरण, ‘झझल्को’ नियात्रा, ‘घरविनाको घर’ कथासमेत प्रकाशित छन् ।

सो अवसरमा कुलपति उप्रेतीले साहित्यले समाजलाई दिशानिर्देश गर्नुपर्ने उल्लेख गर्दै अबका स्रष्टाले त्यसतर्फ कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।

सम्मानित व्यक्तित्व रामविनयले जनता र समाजप्रति जिम्मेवार भई आफूले साहित्य सिर्जना गर्ने गरेको बताउनुभयो ।

परिषद्का अध्यक्ष पुष्कराराज भट्टले समाजको विकासमा योगदान गर्ने स्रष्टालाई पुरस्कृत गर्ने संस्थाको नीति रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.