कतारमा म्युजिक अवार्ड हुने

काठमाडौँ, ११ पुस : हिमालयन नेपाली इभेन्ट्स प्रा. लिले कतारमा ‘हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड–२०१९’को आयोजना गर्ने भएको छ । 

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त प्रालिले आगामी माघ १८ गते कतारको दोहामा ३७ विधामा अवार्ड वितरण गरिने जानकारी दिइएको हो । उक्त अवार्डका संयोजक डिएन घिसिङले असली सर्जक र सिर्जनाको उचित मूल्याङ्कन गरिने बताउनुभयो । अवार्डमा कलाकारलाई ३७ विधामा सम्मान गरिने उहाँको भनाइ छ । 

‘सृजनाको मूल्याङ्कन स्रष्टाको सम्मान, नेपाली सङ्गीतको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नारा एवम् मिडिया टप, नेपालको सहकार्यमा सम्पन्न हुने अवार्डमा उत्कृष्ट राष्ट्रिय गीत, उत्कृष्ट आधुनिक गीत, उत्कृष्ट लोक तथा दोहोरी गीत, उत्कृष्ट तामाङ सेलो, उत्कृष्ट तामाङ म्हेन्दोमाया गीत, उत्कृष्ट लोक पप, उत्कृष्ट गायक÷गायिका, उत्कृष्ट मोडललगायत ३७ विधामा अवार्ड वितरण गर्न लागिएको आयोजकले जानकारी दिएको छ । 

अवार्डको निर्णायकमा वरिष्ठ सङ्गीतकार शम्भुजीत बास्कोटा, उन्नति शिला बोहरा, उवन वाङ लामा, विक्रमजङ्ग शाह, रोज मोक्तान, अन्ना स्टिरलगायत रहनुभएको छ । 

सृजनाको मूल्याङ्कन स्रष्टाको सम्मान, नेपाली सङ्गीतको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नारा एवम् मिडिया टप, नेपालको सहकार्यमा सम्पन्न हुने अवार्डमा उत्कृष्ट राष्ट्रिय गीत, उत्कृष्ट आधुनिक गीत, उत्कृष्ट लोक तथा दोहोरी गीत, उत्कृष्ट तामाङ सेलो, उत्कृष्ट तामाङ म्हेन्दोमाया गीत, उत्कृष्ट लोक पप, उत्कृष्ट गायक÷गायिका, उत्कृष्ट मोडललगायत ३७ विधामा अवार्ड वितरण गर्न लागिएको आयोजकले जानकारी दिएको छ । 

अवार्डको निर्णायकमा वरिष्ठ सङ्गीतकार शम्भुजीत बास्कोटा, उन्नति शिला बोहरा, उवन वाङ लामा, विक्रमजङ्ग शाह, रोज मोक्तान, अन्ना स्टिरलगायत रहनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.