साहित्यकार एवं पत्रकार चौधरीलाई विद्यापति स्मृति सम्मान

साहित्यकार हिमांशु चौधरीलाई रामानन्द युवा क्लबद्वारा प्रदान गरिएको विद्यापति स्मृति पदक । तस्वीर: जनकपुरधाम

जनकपुरधाम, ५ पुस : साहित्यकार एवं पत्रकार हिमांशु चौधरीलाई यस वर्षको विद्यापति स्मृति पदक प्रदान गरिएको छ । 

कविता, कथा, आलेख–रचना, समीक्षाका साथै पत्रकारिता क्षेत्रमा पु¥याउनु भएको विशिष्ट योगदानका लागि उहाँलाई सो पदक प्रदान गरिएको हो । रामानन्द युवा क्लबद्वारा प्रदान गरिएको सो पदकअन्तर्गत कदरपत्रका साथै नगद रू १५ हजार राशि रहेको छ । सो अवसरमा प्रदेश नं २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले स्रष्टा चौधरी जनताको मन छुने गरी लेख्न सफल साहित्यकार भएको टिप्पणी गर्नुभयो । 

केन्द्रीय सरकारले प्रदेश सरकार कुनै सहमति, सहकार्य नगरी निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको नाममा रु २८ लाख रूख काट्ने र मदनभण्डारी राजमार्ग निर्माणका लागि चुरे वन विनाश गर्ने षडयन्त्र गरिहेको मन्त्री रायले आरोप लगाउनुभयो । 

प्रदेशसभा सदस्य परमेश्वर साहले मैथिली साहित्यको श्रीवृद्धिमा साहित्यकार चौधरीको योगदान रहेको बताउनुभयो । अर्का प्रदेशसभा सदस्य कौशल यादवले प्रदेश सरकारले साहित्य, संस्कृतिको विकासका लागि ध्यान दिनु जरूरी छ भन्नुभयो । साहित्यकार रोशन जनकपुरीले प्रदेशमा पनि साहित्य, सङ्गीत, नाट्य र कलासँग सम्बन्धित प्रतिष्ठानको स्थापना हुनुपर्दछ भन्नुभयो । पुरस्कृत साहित्यकार चौधरीले सम्मानले आफ्नो जीवन धन्य भएको बताउँदै साहित्य, सङ्गीत, नाट्य, कला प्रज्ञा प्रतिष्ठान राजनीतिक अखडा बन्दै जानु चिन्ताको विषय हो भन्नुभयो । 

सोही समारोहमा उद्योग, पर्यटन, वन तथा वतावरणमन्त्री रायले कलाकार मिथिलादेवी यादवलाई सरस्वती राजनारायण पुरस्कारबाट सम्मान गर्नुभयो । सरस्वती राजनारायण पुरस्कार कोषद्वारा दिइने सो पुरस्कार नगद रू २५ हजार राशिको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.