पत्रकार महासङ्घको सम्मेलन विराटनगरमा हुने

काठमाडौ, २ पुस : नेपाल पत्रकार महासङ्घका प्रदेश समितिका अध्यक्ष, महासचिव तथा शाखा अध्यक्षको राष्ट्रिय सम्मेलन यही पुस ४ र ५ गते विराटनगरमा हुने भएको छ । 

महासङ्घको नीतिगत प्राथमिकता तथा प्रेस स्वतन्त्रतासम्बन्धी मापदण्ड, श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि कार्ययोजना, महासङ्घको भावी रणनीति र साङ्गठनिक गतिविधि लगायतका विषयमा छलफल गर्न सम्मेलन आयोजना गरिएको महासचिव रमेश विष्टले जानकारी गराउनुभयो ।

सम्मेलनमा केन्द्रीय समिति, दश प्रदेशका अध्यक्ष, महासचिव, जिल्ला अध्यक्ष, प्रतिष्ठान अध्यक्ष र एसोसिएट संस्थाका अध्यक्षसहित २०० सहभागी हुनेछन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.