प्रर्दशन हुँदै ‘लिलामे माइलो’

काठमाडौँ, २० कात्तिक : मोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङ आसपासको मगर समुदायमा आधारित नाटक ‘लिलामे माइलो’ यही मङ्सिर १४ गतेदेखि प्रदर्शन हुने भएको छ ।

कुञ्ज नाटक घरको प्रस्तुति रहने उक्त नेपाली लोक नाटक पूर्व अभ्यासको काम तीव्र गतिमा भइरहेको नाटकका कार्यकारी निर्माता राजाराम गौतम बताउनुहुन्छ । “पात्रहरुको चरित्रमा वास्तविकता ल्याउन र दर्शकलाई नयाँ पन दिनका लागि नाटकको कलाकारसहितको टोली एक हप्ताका लागि मोरङ पुगेर तयारी गरेका थियौँ”, निर्माता गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त नाटक मङ्सिर १४देखि पुस ७ गतेसम्म कुञ्ज नाटक घरमा मञ्चनपश्चात् देशका विभिन्न थिएटरहरुमा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा समेत मञ्चन गरिनेछ ।

उक्त नाटक नेपालमा मात्र नभई भारतको सिक्किम, दार्जलिङ, सिलगुडी, असाम, थाइल्याण्ड, म्यान्मामा समेत प्रदर्शनको तयारी भइरहेको निर्माण समूहले जानकारी दिएको छ । नेपाली नाट्य क्षेत्रमा नयाँ प्रयोगसहित नाटकको माध्यमबाट पूर्वी नेपालका आदिवासी जनजातिमध्येको मगर जातिको रीतिरिवाज, चालचलन, कला साहित्य र संस्कृतिलाई प्रवद्र्धन गर्नाका साथै पर्यटकीय क्षेत्र मोरङको राजारानी तालको प्रवद्र्धन गर्ने उद्देश्यसमेत नाटकले राखेको छ ।

लिलामे माइलो पारिवारिक र सामाजिक विषयवस्तुलाई नाटकमा उतारेको बताउँदै कथा/निर्देशक प्रभाकर न्यौपानेले रङ्गकर्मका माध्यमद्वारा नेपालको ग्रामीण भेगमा बसोबास गर्ने व्यक्तिहरुको स्थानीय रहनसहन, संस्कृति, पर्व आदिलाई देखाउन खोजेको बताउनुभयो । नाटकका माध्ययमबाट दर्शकलाई यथार्थता महसुश गराउन विविध खालका विधिको समेत प्रयोग गरिने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.