भारतका आठ स्रष्टा सम्मानित
काठमाडौँ, १३ कात्तिक : नेपाली स्रष्टा समाजले भारतका आठ स्रष्टालाई सम्मान गरेको छ ।
नेपाली साहित्यमा भारतीय साहित्यकारले पु¥याएको योगदानको कदर गर्दै साहित्यकार ज्ञानबहादुर क्षेत्री, चन्द्रमणि उपाध्याय, विष्णु शास्त्री, माधव भट्टराई, दीनानाथ निरौला, छत्रमान सुब्बा, कृष्ण आचार्य र प्राञ्जल प्रतिम बोरालाई सम्मान गरेको हो ।
भारतीय साहित्य विशाल रहेको बताउँदै नेपालभाषी नभएर पनि नेपाली भाषाको जगेर्नामा भारतीय साहित्यकारको अतुलनीय योगदान रहेको नगेन्द्रराज शर्माले बताउनुभयो । “भारतीय साहित्य र नेपाली साहित्यलाई तुलना गर्ने प्रमुख आधार भनेकै अनुवाद हो, फरक देशका साहित्यलाई एकै ठाउँमा राखेर तुलना गरिनु भने सान्दर्भिक होइन”, शर्माले भन्नुभयो ।
सो अवसरमा प्रा डा गोविन्दराज भट्टराईले नेपालभाषी मात्र भएर पनि नेपाली भाषाप्रति भारतीय साहित्यकारको झुकाव अनुकरणीय रहेको बताउनुभयो । स्रष्टा समाजका अध्यक्ष विधान आचार्यले पाठ्यक्रममा नेपाली भाषा नहुँदा नहुँदै पनि भारतमा नेपाली भाषाको जगेना गर्नु उदाहरणीय विषय हो भन्नुभयो । उहाँले नेपाली साहित्यको उचित समालोचना हुुनु आवश्यक रहेको औँल्याउनुभयो ।
