अठार बर्ष पछि फरार व्यक्ति पक्राउ

काठमाडौँ, ८ कात्तिक : नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले भ्रष्टाचार मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरी जेल चलान गरेको छ ।

ब्युरोको टोलीले पुनरावेदन अदालतको विसं २०५७ कात्तिक २१ को फैसलाअनुसार भ्रष्टाचार मुद्दामा दोषी ठहर भई फरार रहेका ललितपुर धापाखेल गाविस–९ का ४९ वर्षीय रामकुमार खड्कालाई आज पक्राउ गरी डिल्लीबजार कारागार चलान गरेको हो ।

ब्युरोका प्रहरी नायब उपरीक्षक नीरञ्जनदत्त भट्टले खड्काले रामकुमार अग्रवालको नाममा नक्कली आयातप्रति (एलसी) पत्र बनाएर बैंकलाई हानिनोक्सानी पु¥याएकाले अदालतको फैसलाअनुसार खड्कालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

अदालतले खड्कालाई रु एक करोड २३ लाख ५३ हजार ८८० जरिवाना र एक वर्ष कैद हुने फैसला गरेपछि खड्का फरार रहेका थिए ।

ब्यूरोले खड्कालाई ललितपुरको धापाखेलबाट पक्राउ गरेको ब्यूरोका प्रहरी नायब उपरीक्षक निरञ्जनदत्त भट्टले जानकार दिनुभयो । खड्कालाई आजै फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.