संखुवासभा हेलिकप्टर दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु

सुजन बज्राचार्य । खाँदबारी, २२ वैशाख : संखुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एकको मृत्यु भएको छ।

दुर्घटनामा परेर स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले बताए।

हेलिकप्टरमा सवार चार जना गम्भीर घाइते छन्।

आज दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ।

मृतक गुरुङ हेलिकप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए।

दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते भएका छन्।

संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएकाहरूलाई राजधानीकाठमाडौँ ल्याइएको छ । हेलिकोप्टर चालक सुरेन्द्र पौडेल र छिरिङ भोटेलाई उपचारका लागि हेलिकोप्टरमार्फत राजधानी ल्याइएको हो । 

उनीहरूलाई हेलिकोप्टरबाट सिधै ललितपुरको मेडिसिटी अस्पताल लगिएको हो । उनीहरुको उपचार सुरु भइसकेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.