उपत्यकामा ७७४ सहित थप ३८९९ जनामा कोरोना संक्रमण, १७७८ संक्रमणमुक्त

काठमाडौं, १२ साउन : पछिल्लो २४ घण्टामा थप ३ हजार ८९९ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या सात लाख ४२ हजार ८१७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

१२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जना र ४ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा १ हजार १७३ गरी ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा थप ७७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंका ४७५ जना, ललितपुरका १६७ जना र भक्तपुरका १३२ जना छन् ।

काठमाडौं उपत्यकामा अहिले आठ हजार ३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा मात्रै ५ हजार ८५६, ललितपुरमा १ हजार २१७ र भक्तपुरमा ९६६ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा थप १ हजार ७७८ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ६ लाख ४७ हजार ७९ जना निको भएका छन् । नेपालमा निको हुने दर ९४.४ प्रतिशत रहेको छ ।

हालसम्म ३४ लाख ६२ हजार ३४० जनाले कोरोनाभाइरस विरुद्धको पहिलो मात्रा खोप लगाएका छन् भने १४ लाख ५७ हजार ६७० जनाले दुवै डोज खोप लगाएका छन् ।

कोरोना भाइरसबाट मुत्यु भएको शवलाई शववाहनबाट निकाल्दै नेपाली सेना । कोरोना भाइरसबाट मुत्यु भएका शवको व्यवस्थपन नेपाली सेनाले गर्दा आएको छ । तस्बिर: रोशन सापकोटा

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप २० जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाबाट नौ हजार ७५८ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालका कोरोनाबाट चार दशमलव २१ प्रतिशत संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.