उपत्यकामा ६१५ सहित थप ३११४ जनामा कोरोना भाइरस संक्रमण, २१९७ संक्रमणमुक्त

काठमाडौं, ९ साउन : पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ लाख ३३ हजार २६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६२५ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ३०९ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार २८५  गर्दा ८०५ मा संक्रमण देखिएको छ । कुल १४ हजार ९१० जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् । परिक्षण गरिएकामध्ये २१.९४ प्रतिशतमा कोरोना संक्रमण पुष्टी भएको छ ।

काठमाडौं उपत्यकामा थप ६१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ४२१, ललितपुरमा १०८ र भक्तपुरमा ८६ जनामा कोरोना संक्रमण भएको छ ।

योसँगै जिल्लाभर संक्रमितको संख्या २ लाख १२ हजार ९८३ पुगेको छ । यीमध्ये २ लाख ५ हजार ४६१ जना निको भइसकेका छन भने १ हजार ९४८ जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा तीन जिल्लामा आज सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ७ हजार ६१९ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये काठमाडौंमा ५ हजार ५७४ जना, ललितपुरमा १ हजार ११३ जना र भक्तपुरमा ९ सय ३२ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार १९७ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ६ लाख ४१ हजार ५३५ पुगेको छ । हालसम्म नेपालमा पुष्टी भएका संक्रमितमध्ये ९४.५ प्रतिशत निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ६९५ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमण मृत्यु दर १.५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.