सिंहदरबारबाट बाहिरिँदै ओलीले भने- मेरो सरकार ऐतिहासिक रुपमा सफल

काठमाडौं, २९ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ऐतिहासिक रुपमा सफल भएको दावी गरेका छन् । सिंहदरबार छाड्नुअघि राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफ्नो सरकार ऐतिहासिक रुपमा सफल भएको दावी गरेका हुन् ।

यसका लागि उनले सबै नेपालीहरु, कर्मचारी सुरक्षाकर्मी, राष्ट्रसेवक, कोभिडविरुद्ध अग्रमोर्चामा खटिएकाहरु सबैलाई धन्यवाद दिएका छन् । त्यस्तै नेपालको विकास साझेदार मित्रराष्ट्रका सरकार प्रमुख र राष्ट्रप्रमुखलाई पनि ओलीले धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री ओलीले एकछिन बादल लागेको भन्दै फेरि बादल हटाएर सूर्य आउने दावी गरे ।

प्रधानमन्त्री ओलीले पार्टी कार्यकर्तालाई धैर्यता नगुमाउन र संयमता अपनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.