उपत्यकामा ५८७ सहित थप २३९८ जनामा कोरोना संक्रमण, २०७८ जना संक्रमणमुक्त

काठमाडौं, २९ असार : पछिल्लो २४ घण्टामा २३९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०५८ जनामा गरिएको पीसीआर परीक्षणमा १६३९ र ३९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जना गरी २३९८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५८७ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ४१०, भक्तपुरमा ८० र ललितपुरमा ९७ संक्रमित थपिएका छन् ।

यस्तै उपत्यकामा ७ हजार ७४९ संक्रमित सक्रिय रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौं जिल्लामा ५ हजार ४६४, ललितपुरमा १२७१ र भक्तपुरमा १०१४ सक्रिय संक्रमित छन् । योसँगै उपत्यकामा संक्रमितको संख्या २ लाख ७० हजार १६८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २०७८ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ६ लाख २३ हजार १०५ पुगेको छ । हालसम्म नेपालमा पुष्टी भएका संक्रमितमध्ये ९४.६ प्रतिशत निको भइसकेका छन् ।

आजसम्म देशभर होम आइसोलेसनमा २३ हजार ४३९, संस्थागत आइसोलेसनमा २ हजार ७२२, आईसीयूमा ५८६ र भेन्टिलेटरमा १८२ जना रहेका छन् ।

नेपालमा कोभिड आजसम्म कोभिड संक्रमितको जम्मा संख्या ७ लाख ३ हजार ८५६ पुगेको छ भने संक्रमणमुक्त हुने दर ९४.६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

कोरोना भाइरसबाट मुत्यु भएको शवलाई शववाहनबाट निकाल्दै नेपाली सेना । कोरोना भाइरसबाट मुत्यु भएका शवको व्यवस्थपन नेपाली सेनाले गर्दा आएको छ । तस्बिर: रोशन सापकोटा

पछिल्लो २४ घण्टामा  कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ ।

नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या  ९ हजार ४१२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.