नेपाली कार्गो रेल भारतमा पनि चल्ने

काठमाडौं, २६ असार : कार्गो ढुवानीका  लागि नेपाली रेल भारतमा समेत सञ्चालन गर्ने बाटो खुला भएको  छ । शुक्रबार  नेपाल र भारतबीच संशोधित रेल सेवा सम्झौताको  लेटर अफ  एक्सचेन्जमा सहमति  जुटेसँगै  पारवहनका  लागि  नेपाली  रेलले वीरगञ्ज र विराटनगरदेखि कोलकाता÷हल्दियासम्म रेल सेवा दिनसक्ने भएको हो ।

सम्झौतामा नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहने रेलले भारतमा समेत कार्गो सेवा सञ्चालन गर्ने व्यवस्था गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले जानकारी दिए ।

सम्झौतामा नेपालका तर्फबाट सचिव भट्टराई र भारतका तर्फबाट भारतीय रेलवे बोर्डका  एडिसनल मेम्बर  सुशान्तकुमार मिश्राले हस्ताक्षर गरेका छन् । शुक्रबार  लेटर अफ एक्सचेन्जमा सहमति हुनुपूर्व नै नेपालका तर्फबाट असार  १४ गते नै संशोधित सम्झौता पेस भएको  थियो ।

त्यस्तै भारतले असार १५ गते उक्त सम्झौतामा हस्ताक्षर गरेको  थियो । शुक्रबार  एक भर्चुअल कार्यक्रममार्फत दुवै तर्फबाट हस्ताक्षर  गरिएको पत्र आदानप्रदान भएको हो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.