उपत्यकामा ३७६ सहित थप २३२८ जनामा कोरोना संक्रमण, ३०६६ जना संक्रमणमुक्त

काठमाडौं, १९ असार : पछिल्लो २४ घण्टामा थप २३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार १३३ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५८३७ जनामा गरिएको पीसीआर परीक्षणमा १५२७ र ४२९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०१ जना गरी २३२८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७६ जना कोरोना संक्रमित थपिएका छन् ।
जसमध्ये काठमाडौंमा २४६, ललितपुर ८१ र भक्तपुरमा ४९ जना थपिएका मन्त्रालयको तथ्यांक छ ।
पछिल्लो २४ घण्टामा ३०६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ६ हजार ६६६ पुगेको छ । अहिलेसम्म कोरोनाबाट निको हुनेको दर ९४.३ प्रतिशत छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ४३ हजार ५८० (पीसीआर) र ३७ हजार ५५६ (एन्टिजेन) जना पुगेको छ भने निको हुनेको संख्या ६ लाख ६६ हजार ६६६ पुगेको छ ।
हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ७१६ जना रहेका छन् । तीमध्ये २४ हजार ६७५ जना होम आइसोलेसनमा र ३०४१ जना होम आइसोलेसनमा छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण १९ जनाको मृत्यु पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या नौ हजार १९८ पुगेको छ ।
