सबैले कोरोनाको खोप लगाउन पाउँछन्, अभाव हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं, १९ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको खोप अब सबैले लगाउन पाउने दाबी गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणको काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘हामीलाई बीचमा भ्याक्सिन पाउन कठिन भएको थियो, विभिन्न मित्रराष्ट्रसँग संवाद गरेर त्यसलाई समाधान गरेका छौं । अब सबैलाई क्रमैसँग खोप लगाउँछौँ ।’

अब खोप निरन्तर रुपमा आउने भएकाले भ्याक्सिन लगाउने अभियान नै चल्ने उनले बताए ।

उनले भने, ‘भ्याक्सिन पाइएन भन्ने कुरा नै अब हुँदैन । भ्याक्सिन लगाउन पनि हामीसँग क्षमता कम छ । आवश्यकता अनुसार सकेसम्म छोटो अवधिमा उपलब्ध गराउँछौँ ।’

उनले अन्य देशको तुलनामा कोरोनाबाट नेपालमा कम क्षति भएको दाबी गरे । कोरोना भाइरसबाट बच्न स्वास्थ्य मापदण्डलाई कडाइको साथ पालना गर्नुपर्ने समेत उनले जोड दिए ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसबाट जोगिन विगतमा मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र हात धुने जस्ता उपाय रहेकामा अब खोप मार्फत कोरोना सर्न नपाउने स्थितिमा पु¥याउने बताए ।
उनले पहिले जोखिमयुक्त समूहलाई खोप दिने र त्यसपछि क्रमश सबै नागरिकलाई खोप दिने पनि बताएका छन् ।

सरकारको प्रयासका कारण नेपालमा कोरोना महामारीको क्षति कम भएको दावी गर्दै प्रधानमन्त्री ओलीले खोप आउन थालेपछि थप सुरक्षित हुने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.