उपत्यकामा ४२८ सहित थप २२९९ जनामा कोरोना संक्रमण, ३४५१ संक्रमणमुक्त

काठमाडौं, १८ असार : पछिल्लो २४ घण्टामा २२९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१० हजार ५९६ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १३९१ जनामा र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ४२ हजार ५३ जनामा र एन्टिजेन विधिबाट ३६ हजार ७५५ जनामा संक्रमण संक्रमण पुष्टि भइसकेको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४२ हजार ९६१ पुगेको छ । सक्रिय संक्रमितको संख्या २९ हजार २७४ जना रहेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२८ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३१६, ललितपुरमा ७८ र भक्तपुरमा ३४ संक्रमित थपिएका हुन् ।
काठमाडौं उपत्यकामा कुल ८ हजार १४८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
हाल काठमाडौं जिल्लामा ५ हजार ४०, ललितपुरमा १ हजार ८२५ र भक्तपुरमा १ हजार २८३ सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३४५१ रहेको छ । हालसम्म नेपालमा ६ लाख ३६०० जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९४ प्रतिशत रहेको छ । हाल २६ हजार ३३६ जना होम आइसोलेसन, २ हजार ९३८ जना संस्थागत आइसोलेसन, ६३२ जना आइसीयू र १८१ जना भेन्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १७९ पुगेको छ। नेपालमा मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ ।
