उपत्यकामा ४२४ सहित थप १९२० जनामा कोरोना संक्रमण, ३००७ संक्रमणमुक्त

काठमाडौं, १३ असार : पछिल्लो २४ घण्टामा थप १९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जसमा काठमाडौं जिल्लामा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना रहेका छन् ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३००७ रहेको छ । नेपालमा हालसम्म ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ ।

योसँगै नेपलामा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.