उपत्यकामा ४२७ सहित थप २४७६ जनामा संक्रमण, ५४५५ संक्रमणमुक्त

काठमाडौं, ११ असार : पछिल्लो २४ घण्टामा थप २ हजार ४७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

१४ हजार ३५१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७२१ र एन्टिजेन विधिबाट ७५५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । परिक्षण गरिएकामध्ये १७.२५ प्रतिशतमा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३५ जना संक्रमित थपिएका छन् ।

शुक्रबार काठमाडौंमा ३०८, भक्तपुरमा ४३ र ललितपुरमा ७६ जना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ८ हजार ६१६ पुगेको छ ।

हाल देशभर रहेका ४५ हजार ७९४ जना सक्रिय संक्रमितमध्ये ४२ हजार ९१० जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा २ हजार ८८४ जना छन् । तीमध्ये ७१४ जना आईसीयू र २०१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

पछिल्लो २४ घण्टामा ५ हजार ४५५ संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख ७६ हजार ४१३ संक्रमणमुक्त भएका छन् । यो सहित नेपालमा कोरोनाबाट निको हुने दर ९१ दशमलब ३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ ।

यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९४५ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.