उपत्यकामा ३३५ सहित थप २४७४ जनामा कोरोना संक्रमण, २५१८ संक्रमणमुक्त

काठमाडौं, १० असार : पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जना कोभिड संक्रमित थपिएका छन् ।
१२ हजार ३१२ वटा नमुनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४७४ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४९ हजार ५५५ पुगेको छ । हाल ४६ हजार ५०२ जना होम आइसोलेसनमा,३ हजार ५३ जना संस्थागत आइसोलेसनमा,७३६ जना आईसीयूमा र २०७ जना भेन्टिलेटरमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३५ जना संक्रमित थपिएका छन् ।
काठमाडौंमा २३४, भक्तपुरमा ३३ र ललितपुरमा ६८ जना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा २ हजार ५१८ संक्रमणमुक्त भएका छन् । नेपालमा ७ लाख ७० हजार ९५८ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९०.७ प्रतिशत रहेको छ ।
आज देशभर ७३६ जना आईसीयू र २०७ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप २४ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ ।
यीसहित हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९ सय १८ पुगेको छ ।
नेपालमा कोभिड–१९ बाट मृत्यु दर १.५ प्रतिशत रहेको छ ।
