उपत्यकामा ४९७ सहित थप २४२१ जनामा कोरोना संक्रमण, ३५५८ जना संक्रमणमुक्त

काठमाडौं, ९ असार : पछिल्लो २४ घण्टामा २४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ४६१ र एन्टिजेन विधिबाट ४ हजार ९५३ गरी कुल  १२ हजार ४१५ जनाको परीक्षण गर्दा २ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पीसीआर विधिमा १५११ र एन्टिजेनमा ९१० जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९७ जना संक्रमित भेटिएका छन् ।

जसमा काठमाडौं जिल्लामा ३४६, ललितपुरमा ९७ र भक्तपुरमा ५७ जना रहेका मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३५५८ जना संक्रमणमुक्त भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ५० हजार ५२० रहेको छ । जसमध्ये ४७२४६ जना होम आइसोलेसनमा र ३ हजार २३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोना संक्रमणबाट थप ८१ जनाको मृत्यु भएको प्रवक्ता कृष्ण पौडेलले जानकारी दिए ।

जसमध्ये पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको हो । बाँकी २९ जना भने विगतको तथ्यांकमा समावेश नभएका मृत्यु रहेको उनले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.