उपत्यकामा ४७६ सहित थप ४५२२ जनामा कोरोना संक्रमण, ४९५४ जना संक्रमणमुक्त

काठमाडौं, ८ असार : पछिल्लो २४ घण्टामा ४ हजार ५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१२ हजार २०४ जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ७०३ र ४ हजार ७०९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१९ जना गरी ४ हजार ५२२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४७६ जना संक्रमित थपिएका छन् ।
काठमाडौंमा ३१०, भक्तपुरमा ६७ र ललितपुरमा ९९ जना संक्रमित थपिएका हुन् ।
काठमाडौं उपत्यकामा अहिले सक्रिय संक्रमितको संख्या ९ हजार ३४२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज देशभर ७६१ जना आईसीयू र २१८ जना भेन्टिलेटरमा उपचाररत छन् ।
पछिल्लो २४ घण्टामा ४ हजार ९५४ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४१ जनाको मृत्यु भएको छ ।
