स्कटल्यान्डलाई हराउँदै क्रोएसिया नकआउट चरणमा

काठमाडौं, ९ असार : क्रोएसिया समूह उपविजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

क्रोएसियाले समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डलाई ३-१ ले हराएसँगै समूह ‘डी’ को उपविजेताको रुपमा अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

घरेलु टिम स्कटल्यान्डविरुद्ध क्रोएसियाका भ्लासिकले खेलको १७ मिनेटमा पहिलो गोल गरे ।

४२ मिनेटमा स्कटल्यान्डका म्याकग्रेगोरले बराबरी गोल फर्काउन सफल भए ।

६२ मिनेटमा लुका मोड्रिकले टिमका लागि दोस्रो गोल गरे । ७७ मिनेटमा पेरिसिकले तेस्रो गोल गरेपछि क्रोएसिया जिततर्फ अघि बढेको थियो ।

यो समूहबाट इंग्ल्यान्ड समूह विजेता र चेक गणतन्त्र उत्कृष्ट तेस्रो टिमको रुपमा अन्तिम १६ मा पुगेका छन् ।

इंग्ल्यान्डले चेकलाई १-० ले पराजित गर्दै समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

Image

यता हार पछि पनि चेक उत्कृष्ट तेस्रो टिमको रुपमा अन्तिम १६ मा पुग्यो । दुवै टिमले अन्तिम खेलअघि नै अन्तिम १६ मा स्थान बनाइसकेका थिए ।

अंक तालिकामा इंग्ल्यान्डले ३ खेलबाट ७ अंक जोड्यो । ४ अंक जोड्यो क्रोएसिया दोस्रो भयो। तेस्रो बनेको चेकले ४ अंक बटुल्यो । स्कटल्यान्ड भने १ अंक जोड्दै बाहिरियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.