इटाली समूह विजेता, पराजित वेल्स पनि अन्तिम १६ मा

काठमाडौं, ७ असार : इटाली समूह ‘ए’ को  विजेता भन्दै युरो २०२० को अन्तिम १६ मा पुगेको छ । यसअघि नै अन्तिम १६ मा पुगेको इटाली लगातार तेस्रो जित हात पार्दै समूह विजेता बनेको हो ।

रोममा आइतबार राति समूह चरणको अन्तिम खेलमा वेल्सलाई १-० गोल अन्तरले पराजित गर्दै इटाली समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

ओलम्पिक स्टेडियममा १० खेलाडीमा समेटिएको वेल्सविरुद्ध इटालीलाई जित दिलाउन माटियो पेसीनाले निर्णायक गोल गरे ।

खेलको ३९ औं मिनेटमा माटियोले निर्णायक गोल गरेका हुन् । उनले मार्को भेराट्टीको फ्रिकिक पासमा गोल गरेका हुन् । खेलको ५३ औं मिनेटमा फेड्रिको बेर्नार्डेस्चीको फ्रिकिक पोस्टमा लागेर फर्किदा इटाली अग्रता दोब्बर बनाउन चुकेको थियो ।

यस्तै खेलको ५६ औं मिनेटमा इथान एम्पडुले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो । इटालीका फेड्रिको बेर्नार्डेस्चीलाई फउल गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए  ।

इटालीविरुद्ध वेल्सले पनि गोलको केहि अवसर सिर्जना गरेको थियो । तर, गोलमा परिणत गर्न नसक्दा पराजित भएको हो ।

यस जितसँगै समूह ‘ए’ को इटालीले समूह चरणमा शतप्रतिशत जित निकालेको छ ।

इटालीले ३ खेलमा ९ अंक जोड्यो । र, समूहको विजेता बन्दै अन्तिम १६ मा पुगेको हो ।

पहिलो खेलमा इटालीले टर्कीलाई ३–० ले हराएको थियो । यस्तै दोस्रो खेलमा इटालीले स्विट्जरल्यान्डलाई ३–० गोल अन्तरले नै हराएको थियो ।

इटालीसँग पराजित भएपनि वेल्स उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

समूहको अन्तिम खेलमा टर्कीलाई हराए पनि दोस्रो हुन नसकेपछि निराश बनेका स्विट्जरल्यान्डका खेलाडी।

समूह चरणमा पहिलो हार व्यहोरेको वेल्सले ३ खेलमा ४ अंक जोड्यो । र, समूहको दोस्रो स्थानमा रह्यो ।

समूह चरणको पहिलो खेलमा स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.