विमानस्थलबाट ८ किलो सुनसहित दुई चिनियाँ पक्राउ
काठमाडौँ, १३ मङ्सिर : हङकङबाट नेपाल एयरलाइन्सको विमान हुँदै नेपाल आएका दुई चिनियाँ नागरिक ८ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
बिहीबार राति ११ बजे दुई चिनियाँ नागरिकलाई ४/४ किलो सुनसहित पक्राउ गरिएको हो । नियन्त्रणमा लिइएकामा चेन होङयाङ र चेन क्वीनहाङ छन् ।
