१५ महिनादेखि बन्द छ चौरजहारी विमानस्थल

सुर्खेत, १९ भदौ : रुकुम पश्चिममाको चौरजहारी विमानस्थल विगत १५ महिनादेखि बन्द भएको छ । विमानस्थल बन्द हुँदा जाजरकोट, सल्यान र रुकुम पश्चिमलगायत यस क्षेत्रका नागरिक हवाई सेवा लिनबाट वञ्चित भएका छन् ।

गत वर्षको जेठ महिनादेखि यो विमानस्थल बन्द रहँदा सबै भन्दा बढी बिरामी मर्कामा परेका छन् । नजिकैको विमानस्थलमा हवाई सेवा सञ्चालन हुन नसक्दा मिसन अस्पताल चौरजहारीाट पठाइएका बिरामीलाई सास्ती हुने गरेको छ । गम्भिर प्रकृति र थप उपचारका लागि सिफारिश भएका बिरामीलाई कच्ची बाटोबाट जोखिम लिएर मोटरमा सुर्खेत, नेपालगञ्ज तथा काठमाडाँै लानु परेको स्थानीय गोपाल रेग्मीले बताउनुभयो ।

विमानस्थल नियमित सञ्चालन गर्न नागरिक उड्ययन प्राधिकरणसँग नियमित पहल र समन्वय गरिरहेको रुकुम पश्चिमका प्रदेशसभा सांसद गोपाल शर्माले बताउनुभयो । सम्भव भए दैनिक तथा नभए कम्तीमा हप्तामा एक उडान राख्न नागरिक उड्ययन प्राधिकरणसँग पहल गरिरहेको शर्माले जानकारी दिनुभयो । प्राधिकरणले छिट्टै यो समस्या समधान गर्ने प्रतिबद्धता जनाएको शर्माले बताउनुभयो ।

नागरिक उडययन प्राधिकरणले उडानका लागि जहाजको कमी भएकाले उडान बन्द भएको जनाएको छ । उडान तालिका राखे पनि जहाजको कमीले एउटा उडान हुनसकेको छैन । केही समय अगाडि मात्रै रु साढे चार करोड रकम खर्च गरेर विमानस्थल कालोपत्रे गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.