एकतीसौँ जलयात्रा महोत्सव हुँदै

काठमाडौँ, २३ जेठ : नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सीज (नारा)को आयोजनामा ३१ औँ जलयात्रा महोत्सव हुने भएको छ ।

नाराले हरेक वर्षझैँ यस वर्ष पनि धादिङको बैरेनीदेखि मलेखुसम्म त्रिशूली नदीमा जेठ २५ गते महोत्सव आयोजना गर्न लागेको हो । नाराका महासचिव शिव अधिकारीले नेपालको आन्तरिक र बाह्य पर्यटनको विकास, विस्तार संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

“सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जलयात्रा महोत्सवले सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो । नेपालका १६ वटा नदीमा जलयात्रा गर्न मिल्ने नाराले जनाएको छ । नाराका कोषाध्यक्ष शिशिर खनालले जलयात्रामा ३०० देखि ४०० आन्तरिक तथा बाह्य पर्यटकको सहभागिता रहने जानकारी दिनुभयो । उक्त महोत्सव सम्पन्न गर्न आठ लाखभन्दा बढी रकम खर्च हुने कोषाध्यक्ष खनालले बताउनुभयो ।

जसमा टिकट रु एक हजार ९९९, नेपाल पर्यटन बोर्डको सहयोग, विभिन्न कम्पनीको विज्ञापनबापतको रकम र बाँकी नाराले व्यहोर्ने गरी उक्त महोत्सव आयोजना गर्न लागिएको खनालको भनाइ छ । हाल नेपालमा ¥याफ्टिङ व्यवसायमा १०० हाराहारीमा कम्पनी आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.