नयाँ वर्षमा पर्यटकले भरिभराउ सौराहा

भरतपुर, १ वैशाख : चितवनको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा नयाँ वर्ष २०७६ मा पर्यटक भरिभराउ छन् । यहाँ रहेका ११० पर्यटकीय होटल आन्तरिक पर्यटकले भरिएका क्षेत्रीय होटल सङ्घ चितवन, सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिनुभयो ।

“करीब करीब २५/३० प्रतिशत बाह्य पर्यटक छन्”, घिमिरेले भन्नुभयो, “अरु सबै आन्तरिक पर्यटकले होटल भरिभराउ भएका छन् ।” पछिल्लो समय नेपाली समुदायमा घुम्ने परम्परा बढेका कारण सौराहामा आन्तरिक पर्यटक बढेको घिमिरेको भनाइ छ । बाह्य पर्यटकमा भारतबाट धेरै आएका छन् । अन्य तेस्रो मुलुकका पर्यटक भने न्यून छन् । घिमिरेका अनुसार क्षेत्रीय होटल सङ्घ चितवनअन्तर्गत चितवन, नवलपुर र हेटाँैडामा डेढ सय पर्यटकीय होटल छन् । ती सबै होटल नयाँ वर्षमा अग्रिम बुकिङ भएका छन् ।

“नयाँ वर्षमा सौराहा आउने पर्यटक कोठा नपाएर समेत फर्कनुपरेको छ, घिमिरेले भन्नुभयो, अधिकांश होटल अग्रिम बुकिङ हुने भएकाले आन्तरिक पर्यटकले पनि पहिले नै कोठा बुकिङमा ध्यान दिनुपर्छ ।” सङ्घका सचिव दामोदर रेग्मीले यस वर्ष २० प्रतिशतले आन्तरिक पर्यटक बढेको जानकारी दिनुभयो ।

करीब ३५ प्रतिशत वनजङ्गलले ढाकेको नेपाल वाइल्डलाइफ पर्यटनका लागि विश्वकै उत्कृष्ट देश मानिन्छ । नेपालको वाइल्डलाइफमा रमाउनकै लागि वर्षेनी लाखौँ पर्यटक नेपाल भित्रिने गर्छन् । यो सँगै दोब्बर मात्रामा आन्तरिक पर्यटक पनि सौराहा पुगेकै हुन्छन् । नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा वाइल्डलाइफ टुरिजमका लागि नेपालकै उत्कृष्ट गन्तव्य हो । सौराहामा सुविधायुक्त ११० होटलमा दैनिक करीब पाँच हजार ५०० पर्यटक राख्न सकिने क्षमता छ ।

सौराहासँगै पश्चिम चितवनको पर्यटकीय क्षेत्र मेघौली पनि आन्तरिक पर्यटकले भरिएको छ । मुख्य गरी सौराहामा आउने पर्यटक हात्ती, डुङ्गा, जिप सफारी गरेर चितवन निकुञ्जमा रहेको गैँडा, बाघलगायत जङ्गली जनावर हेर्न मन पराउँछन् । वन्यजन्तु पर्यटनका हिसाबले चितवन नेपालकै पहिलो गन्तव्य हो ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal