सिन्धुपाल्चोकमा प्याराग्लाइडिङको शुरुआत

तस्विर: बिक्रम श्रेष्ठ

मेलम्ची, २५ फागुन २५ : चौतारा साँगाचोकगगढी नगरपालिका–९, लामाचौरमा साहसिक र रोमाञ्चकारी खेल प्याराग्लाइडिङ शुरु भएको छ । स्थानीयवासीको सक्रियतामा व्यावसायिक रुपमा प्याराग्लाइडिङको शुरुआत गरिएको हो ।

आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले सदरमुकाम नजिकैबाट प्याराग्लाइडिङ सञ्चालन गरिएको हो । साविक कदमबास गाविस, लामाचौरका स्थानीयवासीको सक्रियतामा लामाचौर प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घ गठन गरी त्यसको शुभारम्भ गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई लामाचौरमा ल्याएर प्याराग्लाइडिङ खेलमा सहभागी गराइने सङ्घका सचिव मिलन तामाङले जानकारी दिनुभयो ।

प्याराग्लाइडिङ सञ्चालनका लागि स्थानीयवासीसँग रु दुई हजारदेखि रु ५० हजारसम्म रकम सङ्कलन गरिएको थियो । स्थानीयवासीले पर्यटन विकासमा सक्रियता देखाएकाले स्थानीय तहले समेत सहयोग गर्न लागेको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले बताउनुभयो ।

हिमाली दृश्यका साथमा पहाडी भूभाग, नदीनालाका कारण रोचक अनुभव गरेको पाइलट रोशन बस्नेतले बताउनुभयो । यसअघि जिल्लाको भोटेचौरमा प्याराग्लाइडिङको शुरुआत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.