बौद्ध परिपथको व्यवस्थापनमा जोड

काठमाडौँ, २१ साउन : गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दर्शन गर्न आउने भक्तजनका लागि उचित व्यवस्थापन नहुँदा पर्यटक तथा भक्तजनको बसाइ छोटो हुने तथा तिनले समस्या पनि भोग्नुपर्ने अवस्था रहेको छ ।

ललितपुरका बौद्ध विद्वान् सिंहराज बज्राचार्यले पत्रकार सम्मेलन गर्दै लुम्बिनीको भ्रमणका लागि दैनिक तीन हजारदेखि चार हजार पर्यटकको आगमन हुने र तिनले झण्डै चार घण्टा घुमेर पनि भ्रमण नसक्ने बताउनुभयो । उहाँले लुम्बिनी क्षेत्रमा अहिले व्यवस्थापनको कमजोरीका कारण आधा घण्टाको यात्रापछि भक्तजन तथा पर्यटक फर्किन बाध्य भएको उहाँको भनाइ थियो ।

उहाँले लुम्बिनी क्षेत्रमा फोहर अत्यधिक रहेकाले सफा गर्नेतर्फ लुम्बिनी विकास कोषले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । बज्राचार्यले लुम्बिनीसम्म पुग्ने बाटो कालोपत्र गर्नुपर्ने, गौतमबुद्धको जन्मस्थल वरपर बत्तीको व्यवस्था हुनुपर्ने, लुम्बिनी क्षेत्रको विकासका लागि गरिएको जग्गा अधिग्रहणमा परेका मानिसलाई व्यवस्थित गर्नुपर्ने, खानेपानी तथा हुरीबतास चल्दा भक्तजनलाई ओत लाग्न ठाउँको निर्माण गर्नुपर्ने औँल्याउनुभयो ।

उहाँले हरेक वर्ष पाँच हजारभन्दा बढी लामा भिक्षु महीनौँसम्म बुद्ध पूजा गर्न आउने भएकाले उनीहरुलाई बस्नका लागि करीब १५ हजार मानिस अट्ने कक्ष निर्माण गर्नुपर्ने सुझाव दिनुभयो । अरू सानासाना थप कक्ष पनि निर्माण तथा बौद्ध परिपथको व्यवस्थापन गर्न सकेमा पर्यटकको आकर्षण बढ्ने र आर्थिक रुपमा पनि लाभ पुग्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.