लेक लागेर पर्यटकको मृत्यु

चरिकोट, ८ मङसिर : दोलखाको प्रसिद्ध धार्मिक तथा पर्याटकीयस्थल कालीञ्चोक मन्दिर दर्शन गर्न आएका एक पर्यटकको लेक लागेर मृत्यु भएको छ ।

काठमाडौँ काँडाघारीबाट दर्शन गर्न आएका ५८ वर्षीय कृष्णप्रसाद गौतमको आज मृत्यु भएको हो । अत्यधिक चिसो र लेक लागेका कारण गौतमको मृत्यु भएको हुनसक्ने प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले बताउनुभयो ।

दोलखाको कुरी बजारमा बास बसेको होटलमानै उहाँको स्वास्थ्यमा समस्या देखा परेको थियो । आज बिहान सदरमुकामस्थित सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु गौतमको भएको बताइएको छ । गौतमसहितको टोली काठमाडौँबाट बस रिर्जभ गरी कालीञ्चोक दर्शनका लागि शुक्रबार दोलखा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.