नगरकोटमा साततले दृश्यावलोकन स्तम्भ बनाउन सम्झौता

2018-10-28 18:52

भक्तपुर, ११ कात्तिक (रासस) ः चाँगुनारायण नगरपालिकाले पर्यटकीय क्षेत्र नगरकोटमा निर्माण गर्न लागेको साततले अत्याधुनिक दृश्यावलोकन स्तम्भ निर्माणको प्रारम्भिक सर्वेसम्बन्धी कार्यको सम्झौता गरेको छ ।

भ्यू टावर निर्माणका लागि आवश्यक आर्थिक, सामाजिक र वातावरणीय अवस्थासम्बन्धी अध्ययन गर्न चीनको एजिलिटी इन्टरनेशनल होल्डिङ् लिमिटेडसँग नगरपालिकाले आज सम्झौता गरेको नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो ।

सम्झौताअनुसार दृश्यावलोकन स्तम्भ निर्माण गर्ने स्थानको भू–वनोट अवस्था, प्राकृतिक स्वरुप, ऐतिहासिक तथा सांस्कृतिक महत्वका विषयमा समेत सर्वेक्षण गरिने नगर प्रमुख मिश्रले बताउनुभयो ।

स्तम्भ निर्माणको सर्वेक्षण गर्न लाग्ने सम्पूर्ण खर्च चिनीयाँ कम्पनी एजिलिटीले व्यहोर्ने गरी सम्झौता गरिएको समेत उहाँले जानकारी दिनुभयो । नगरपालिकाले चाँगुनारायण–६ नगरकोटको २० रोपनी क्षेत्रफलमा करीब रु दुई अर्ब लागतमा निर्माण गर्न लागेको स्मार्ट प्रणालीसहितको अत्याधुनिक भ्यू टावरमा हिमाली तथा प्राकृतिक क्षेत्रको दृश्यावलोकनका साथै घुम्ती रेष्टुरेष्ट, सङ्ग्रहालय, व्यापारिक केन्द्र, पौडी पोखरीको व्यवस्था हुने गरी निर्माण गर्ने तयारी भइरहेको नगर प्रमुख मिश्रले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.