प्रवेश शुल्क फिर्ता लिन माग
काठमाडौँ, ६ कात्तिक : ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) ले अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्घा, गौरीशङ्कर साथै शिवपुरी राष्ट्रिय निकुञ्जमा स्वदेशी र विदेशी पदयात्रीलाई वृद्धि गरिएको प्रवेश शुल्क फिर्ता लिन माग गरेको छ ।
टानका अध्यक्ष नवराज दाहालले आज जारी गरेको विज्ञप्तिमा सरकारले पूर्व जानकारीविना एक्कासि वृद्धि गरेको उक्त शुल्कले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पार्ने जनाउँदै अविलम्ब फिर्ता लिन आग्रह गरिएको छ ।
स्वदेशी पदयात्रीलाई निःशुल्क प्रवेश दिँदै आएकामा सरकारले हालै अब रु १०० तिर्नुपर्ने, दक्षिण एशियाली सहयोग सङ्गठन (सार्क) मुलुकका पर्यटकलाई प्रवेश शुल्क रु २०० बाट वृद्धि गरी एक हजार पु¥याएको छ । सार्क मुलुक बाहिरका पर्यटकका लागि रु दुई हजार २६० बाट रु तीन हजार पु¥याएको टानले जनाएको छ ।
सरकारले शुल्क बढाउन अगाडि छलफल गरेर मात्रै वृद्धि गरिएमा सहज र व्यावहारिक हुने जनाउँदै टानले शुल्क वृद्धिले नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन कठिन हुने जनाएको छ ।