कृषि, पर्यटन, जलस्रोत विकासमा स्पेनको अनुभव अनुकरणीय

काठमाडौँ, २६ असोज : कृषि, पर्यटन, जलस्रोत लगायतका क्षेत्रको नवीनतम प्रवद्र्धनमा नेपालले स्पेनबाट धेरै ज्ञान लिन सक्ने धारणा विज्ञहरुले औँल्याउनुभएको छ ।

युरोपिनय युनियनमा फ्रान्सपछि दोस्रो आर्थिक समृद्धि हासिल गरिरहेको स्पेनले आफ्नो जनसङ्ख्याभन्दा बढी विदेशी पर्यटक भित्र्याउन गरेको उदाहरण दिँदै उहाँहरुले त्यही पर्यटकबाट उठ्ने विप्रेषणबाट आर्थिक समृद्धि हासिल गरेको बताउनुभयो । स्पेनको राष्ट्रिय दिवसका अवसरमा नेपाल स्पेन मैत्री सङ्घद्वारा आयोजित अन्तक्र्रिया कार्यक्रममा सहभागीले कृषि क्षेत्रमा गरेका यान्त्रिकीकरण तथा ऊर्जा (जलस्रोत तथा वैकल्पिक) क्षेत्रमा स्पेनले गरेको विकासबाट नेपालले ज्ञान लिनुपर्ने सुझावसमेत दिनुभयो ।

स्पेनको जनसङ्ख्या करीब चार करोड ६४ लाख पुगेको छ । उसले वार्षिकरुपमा आठ करोड पर्यटक भित्र्याउने गर्दछ । साढे जुुधाई जात्रा विदेशी पर्यटकलाई आकर्षण गर्ने जात्रा बनिरहेको छ । स्पेनको क्याटलोनीय र बार्सिलोना शहर प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ ।

कृषि क्षेत्रमा जैतुनको तेल उत्पादन गर्ने विश्वको धनी देश स्पेन नै हो । उसको करीब पाँच लाख वर्गकिलोमिटर जमीनमा कृषि उत्पादन हुने गर्दछ । साथै ऊर्जा क्षेत्रमा पनि स्पेन धनी रहेको छ । पूर्वसचिव एवं परराष्ट्रविद् डा मदन भट्टराईले नेपालले स्पेनबाट विशेष गरी कृषि, पर्यटन र ऊर्जा विकासका क्षेत्रबाट ज्ञान लिनुपर्ने धारणा राख्नुभयो ।

सङ्घका संरक्षक एवं पर्यटन व्यवसायी अम्बिका श्रेष्ठले पर्यटनका माध्यमबाट स्पेनले आर्थिक समृद्धिमा हासिल गरेको चर्चा गर्दै नेपालको पर्यटन प्रवद्र्धनमा सरकारले विशेष लगानी गर्नुपर्छ भन्नुभयो । काठमाडाँै महानगरपालिका र स्पेनको मेड्रिक शहरका बीच भगिनी सम्बन्धसमेत कायम भएको छ । कार्यक्रममा सङ्घका अध्यक्ष वासुदेव गिरी, उपाध्यक्षद्वय सुरेन्द्र श्रेष्ठ, कृष्ण अर्याल तथा महासचिव कृष्ण अर्यालले नेपाल स्पेनबीचका विविध क्षेत्रमा जानकारी दिनुभएको थियो । उहाँहरुले दुवै मुलुक लाभान्वित हुनेगरी आगामी दिनमा व्यापार, उद्योग तथा पर्यटन विकासमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.