राष्ट्रिय फुल कन्ट्याक्ट कराते सोमबारदेखि शुरु हुने

काठमाडौँ, ३ असोज : इन्टरनेसनल फेडेरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आइएफकेके)’को आयोजनामा प्रथम राष्ट्रिय पुरुष तथा महिला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ ।

आगामी सोमबारदेखि शुरु हुने उक्त प्रतियोगितामा विभिन्न पाँच विधामा प्रतिस्पर्धा हुने आयोजक आइएफकेकेका संस्थापक अध्यक्ष प्रेम लामाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । पुरुषतर्फ ३५ किलोमुनि, ५५ किलोमुनि तथा ६० किलोमुनि तौल समूहमा प्रतिस्पर्धा हुनेछ, भने महिलातर्फ ४५ किलो तौल समूहमा प्रतिस्पर्धा हुनेछ । त्यस्तै विद्यालयतर्फ पुरुष २५ किलोमुनि तौल समूहमा खेल हुनेछ ।

एकदिने सो प्रतियोगितामा करीब १५० खेलाडीको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा खेलाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.