खेलकूद पत्रकार सम्मानित

काठमाडौँ, ३ असोज : नेपाल खेलकूद पत्रकार मञ्च (एनएफजे)ले खेलकूद पत्रकारिताका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएबापत दुई पत्रकारलाई आज सम्मान गरेको छ ।

मञ्चको १४ औँ साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा एनएसजेएफ पत्रकारिता सम्मानबाट पत्रकार सीताराम अग्रहरि पुरस्कृत हुनुभयो । अग्रहरी खेलकूद पत्रकार मञ्चको संस्थापकसमेत हुनुहुन्छ । सम्मानपत्रसहित उहाँले रु १५ हजार प्राप्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा राजधानी दैनिक पत्रिकामा कार्यरत खेल पत्रकार दिल तामाङ युवा प्रोत्साहन पुरस्कारबाट सम्मानित हुनुभयो । सम्मानपत्रसहित उहाँले एप्पल कम्पनीको आइप्याड प्राप्त गर्नुभयो ।

पत्रकारद्वयलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र मञ्चका अध्यक्ष महेश आचार्यले सम्मान गर्नुभयो ।
ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले नेपाल खेलकूद पत्रकार मञ्चले खेलकूद क्षेत्रको विकासमा उल्लेखनीय योगदान गर्दै आएको चर्चा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.