एसिया कप क्रिकेटमा श्रीलङ्का प्रतियोगिताबाट बाहिर

अबुधाबी, २ असोज : अफगानिस्तानले एसिया कप क्रिकेटमा पाँच पटक च्याम्पियन भइसकेको श्रीलङ्कालाई सोमबार ९१ रनले पराजित गरेको छ । पहिलो खेलमा बङ्गलादेशसँग पराजित भएको श्रीलङ्का यो हारसँगै एसिया कप क्रिकेट प्रतियोगिताबाटै बाहिरिएको छ ।

युएईको शेख जाइद रंगशालामा भएको खेलमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले संयमपूर्ण ब्याटिङ गरी सबै विकेट गुमाएर २४९ रन बनाएको थियो ।

श्रीलङ्काको पाली अफगानिस्तानी खेलाडीका अगाडि टिक्न सकेन । श्रीलङ्काले ४१.२ ओभरमा १५८ रन मात्र बनाएको थियो । श्रीलङ्कालाई धरासायी बनाउनेक्रममा अफगानिस्तानका खेलाडीहरु रसिद खानले २, मोहम्मद नबीले २ तथा मुजिबउर रहमानले २ विकेट लिएका थिए ।

अफगानिस्तानका लागि रहमत शाहले ७२ तथा इहसानुल्लाह जनतले ४५ रनको महत्वपूर्ण योगदान गरेका थिए । शनिबार मात्र बङ्गलादेशसँग श्रीलङ्का १३७ रनले पराजित भएको थियो । यो पराजयसँगै श्रीलङ्कामा राष्ट्रिय टोलीको तिब्र आलोचना भएको छ ।

मङ्गलबार भारत र हङकङबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.