एसियन पारा खेलकुदमा ४१ देश सहभागी हुने

जाकार्ता, १ असोज : इन्डोनेसियाको जाकार्तामा हुने एसियन पारा खेलकुद प्रतियोगितामा ४१ ओटा देशले सहभागीता जनाउने निश्चित भएको छ ।

मुल आयोजक समितिका प्रमुख राजा सप्त ओक्तोहरीले दिएको जानकारी अनुसार ती देशहरुबाट कुल २८ सय ८० खेलाडीहरु सहभागी हुनेछन् ।

आउदो अक्टोबर ६ तारिख देखि १३ तारिख सम्म एसियन पारा खेलकुद हुने यसअघि नै तय भइसकेको थियो ।
उद्घाटन समारोहमा इन्डोनेसियाका मानवीय पक्षका संस्कृतिहरुलाई मुख्य बनाएर विभिन्न कार्यक्रमहरु प्रदर्शन गरिने भएको छ ।

कार्यक्रम तथा प्रतियोगिता आयोजना गर्न इन्डोनेसियाका जनताले आफुहरुलाई धेरै सहयोग गरेको मुल समितिका प्रमुख ओक्तोहरीले बताउनुभयो । उहाँले भन्नुभयो, “आशा छ, हामीले प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्नेछौँ, हामीलाई आम जनताको थप सहयोग र समर्थन रहनेछ ।”

उहाँले यस प्रतियोगिताले इन्डोनेसियाको इतिहासमा नयाँ परिचय थप्ने दावी पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.