च्यासल युवा क्लबका मुख्य प्रशिक्षकमा शाक्य

काठमाडौँ, २९ भदौ : पूर्व राष्ट्रिय खेलाडी एवं प्रशिक्षक राजुकाजी शाक्यलाई च्यासल युवा क्लबले मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरिएको छ ।

करीब चार वर्षपछि हुन लागेको शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि शाक्यलाई असोज १ गतेदेखि लागु हुनेगरी क्लबका मुख्य प्रशिक्षकमा नियुक्त गरिएको क्लबले जनाएको छ । प्रशिक्षक शाक्यले राष्ट्रिय फुटबल टोलीका साथै मनाङ–मस्र्याङ्दी क्लब र एनआरटी क्लबको प्रशिक्षकका रूपमा काम गरिसक्नुभएको छ । च्यासल यसै याममा ए डिभिजनमा उक्लिएको हो ।

आगामी असोज १४ गतेदेखि शुरु हुने लिग करीब पाँच महिनासम्म चल्नेछ । लिगमा १४ ‘ए’ डिभिजन क्लबको सहभागिता रहनेछ । यस पटकको लिगमा रेलिगेशन नभए पनि एन्फाले बटम तीन क्लबको अङ्क घट्ने र आर्थिक रूपमा पनि केही रकम कटौती गर्ने जनाएपछि ए डिभिजन क्लबहरु धमाधम खेलाडी र अनुभवी प्रशिक्षक नियुक्त गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.