नेपाल समूह ‘ए’ मा

काठमाडौँ, २९ भदौ : आगामी पुस २ देखि ११ गतेसम्म हुने साफ महिला च्याम्पियनसीप फुटबलमा नेपाल समूह ‘ए’ मा परेको छ ।

बङ्गलादेशको ढाकामा बिहीबार सार्वजनिक गरिएको समूह चरणको लक्की ड्रमा नेपालसहित बङ्गलादेश, भुटान र पाकिस्तान समूह ‘ए’ मा तथा समूह ‘बी’मा भारत, माल्दिभ्स र श्रीलङ्का रहेका छन् । भारतमा सम्पन्न पछिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित भएको थियो । पाँचौ संस्करणको उक्त प्रतियोगिताको आयोजक राष्ट्रको टुङ्गो भने लाग्न सकेको छैन ।

नेपाल ब्याटिङ गर्दै 

भारतको लखनउमा जारी एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत भारतको यू–१९ ‘ए’ विरुद्धको खेलमा नेपालको यू–१९ टिमले अहिले ब्याटिङ गरिरहेको छ । टस जितेर नेपालले ब्याटिङ रोजेको हो ।
पहिलो खेलमा नेपाली टोली भारतको यू–१९ ‘बी’सँग ४० रनले पराजित भएको थियो । विनोद दासको प्रशिक्षणमा रहेको टोलीमा कप्तान आसिफ शेख, ट्रिटराज दास, रवि शाह, लोकेश बम, रित गौतम, रसिद खान, भीम सार्की, कमलसिंह ऐरी, सन्दीप जोरा, पवन सर्राफ, किशोर महतो, सागर ढकाल, अरुण ऐरी र मोहमद सम्साद आलम छन् ।

भारतीय क्रिकेट बोर्ड (बिसिसिआइ)ले आयोजना गरेको सो सिरिजमा भारतको यू–१९ ‘ए’ र ‘बी’ तथा नेपाल र अफगानिस्तानको यू–१९ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.