जुडो टोलीको बिदाइ

काठमाडौँ, २८ भदौ : अजरबैजानको बाकुमा हुने विश्व सिनियर जुडो च्याम्पियनसिपमा सहभागी हुने नेपाली जुडो टोलीलाई बिदाइ गरिएको छ ।

टोलीलाई राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य–सचिव केशवकुमार विष्टले त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।

आगामी असोज ४ देखि ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तीन पुरुष र दुई महिला गरी पाँच खेलाडीले नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन् ।

पुरुष ९० केजी मुनि रविन श्रेष्ठ, ६६ केजी मुनि इन्द्रबहादुर श्रेष्ठ र ६० केजी मुनि मोहन बम रहेका छन् । महिलामा मनिता श्रेष्ठ प्रधानले ५७ केजी मुनि र फुपुल्हामु खत्रीले ६३ केजी मुनि प्रतिस्पर्धा गर्नेछन् ।

प्रशिक्षक मनोजबहादुर केसी, व्यवस्थापक प्रमोदप्रसाद नेपाल र नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्य पनि सो टोलीमा सहभागी हुने राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ । टोली आगामी सोमबार त्यसतर्फ जानेछ । मोहनबाहेक सबै खेलाडीले यसै महिना इण्डोनेसियामा सम्पन्न १८औँ एशियाली खेलकूदमा प्रतिस्पर्धा जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.