एपीएफ र न्यू डायमण्ड फाइनलमा भिड्ने

पोखरा, २७ भदौ : गत वर्षको विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब र उपविजेता न्यू डायमण्ड एकेडेमी यस वर्षको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज भिड्ने भएका छन ।

तीज पर्वको उपलक्ष्यमा नवआदर्श विकास समाजद्वारा लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माविको खेलमैदानमा आयोजित उक्त प्रतियोगिताको सेमिफाइनलमा एपीएफले विभागीय टोली त्रिभुवन आर्मीलाई तथा न्यू डायमण्डले चितवन टाइगर्सलाई सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । न्यू डायमण्डले चितवन टाइगर्सलाई २५–१७, २५–२३ र २५–१८ को सोझो सेटमा तथा एपीएफले आर्मीलाई २५–२२, २५–२० र २५–२१ को सेटमा हराएको हो ।

प्रतियोगिताको विजेताले रु एक लाख तथा उपविजेताले रु ६५ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने प्रचार–प्रसार संयोजक धर्ममानसिंह भण्डारीले जानकारी दिनुभयो । प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.