शहीद स्मारक ‘ए’ डिभिजन लिग : मनाङको विजयी शुरुआत

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बुुधबार काठमाडौँको त्रिपुरेश्वर दशरथ रंगशालामा मनाङ मस्र्याङदी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीच भएको फुुटबल खेलमा गोल गर्दै मनाङ मस्र्याङदी क्बलका खेलाडी। तस्वीर: रोशन सापकोटा

काठमाडौँ, २ पुस : राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आजको दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लबले विजयी शुरुआत गरेको छ । मनाङले विभागीय टोली एपीएफ क्लबलाई २–० गोलले हराएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको उक्त खेलमा मनाङका लागि दुवै गोल विमल रानाले गरेका थिए । उनले खेलको २८औँ तथा ३४औँ मिनेटमा गोल गरेका हुन् । खेलको म्यान अफ दि म्याच विमल भए । जितसँगै मनाङले तीन अङ्क जोडेको छ । खेलको प्रारम्भदेखि नै मनाङले एपीएफलाई दबाबमा राखेको थियो । तालमेल मिलाउन नसक्दा खेल गुमाउनुपरेको एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले बताउनुभयो ।

पिपीएल : विराटनगर विजयी

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगरले पोखरा पल्टनलाई पराजित गरेको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा विराटनगरले पोखरालाई ४५ रनले हराएको हो ।

विराटनगरले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा पोखरा १९ दशमलव पाँच ओभरमा १०० रनमै समेटियो । पोखराका लागि रोहितकुमार पौडेलले सर्वाधिक ३२ रन बनाए । यस्तै कुशल भुर्तेलले २४ तथा आसिफ शेखले १३ रन बनाए । बलिङतर्फ विराटनगरका किशोर महतोले तीन तथा जयद आलम र जितेन्द्र मुखियाले दुई÷दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गर्दै विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १४५ रन बनाएको थियो । विराटनगरका लागि पुनित मेहराले अविजित ६१ रनको योगदान दिए । उनले २६ बलमा चार छक्का तथा पाँच चौका हाने । सुनिल धमलाले ३६ तथा मोहमद जायद आलमले २६ रन बनाए । बलिङतर्फ पोखराका कप्तान शरद भेषवाकरले दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.