तेह्रौँ साग: ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा   

काठमाडौँ, २३ मङ्सिर : तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ ।

आइतबारका खेल सकिँदासम्म भारतले १३२ स्वर्ण, ७९ रजत र ४१ कास्यसहित कूल २५२ पदक जितेको छ । नेपाल ४५ स्वर्ण, ४४ रजत र ७६ कास्यसहित कूल १६५ पदक जितेको छ । यस्तै श्रीलङ्का ३६ स्वर्ण, ६८ रजत र ९३ कास्यसहित तेस्रो, पाकिस्तान २९ स्वर्ण, ३४ रजत र ४७ कास्यसहित चौथो, बङ्गलादेश ८ स्वर्ण, २८ रजत र ६६ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान नौ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ ।

नेपालले आइतबार पौडी र जुडोमा एक एक स्वर्ण पदक जितेको हो । पौडीमा गौरिका सिंहले ४०० मिटर फ्रिस्टाइलमा भारतीय खेलाडीलाई हराउँदै स्वर्ण जितेकी हुन् । यस्तै जुडोमा देविका खड्काले ५२ किलो तौल समूहमा स्वर्ण जितेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.