प्रधानमन्त्री ओलीसँग सचिन तेन्दुलकर

काठमाडौं, १ मंसिर:  नेपाल भ्रमणमा आएका भारतीय क्रिकेटर सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका छन् । प्रधानमन्त्री केपी ओलीलाई भेट्न तेन्दुलकर आइतबार बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्रीसँगको भेटमा तेन्दुलकरले बालबालिकाहरुको कल्याण र अधिकार प्रवर्द्धनमा नेपाल सरकारले गरेको प्रयासको सराहना गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

आज बिहान उनी पशुपति मन्दिर दर्शन गर्न पुगेका थिए । युनिसेफको ब्रान्ड एम्बेसडरका रुपमा तेन्दुलकर शुक्रबार नेपाल आएका हुन् । उनले शनिबार त्रिवि क्रिकेट मैदानमा बालबालिकाहरुसँग क्रिकेट पनि खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.