पुलिस क्लब क्वाटरफाइनलमा

कनकाई, १७ कात्तिक : झापाको डोमलाल राजवंशी रङ्गशालामा जारी ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता’मा नेपाल पुलिस क्लब क्वाटरफाइनल प्रवेश गरेको छ ।

झापा– ११ एफसीलाई २–१ गोलले हराउँदै पुलिस क्लब क्वाटरफाइनल प्रवेश गरेको हो । पुलिस क्बलका लागि सुमन लामा र सौजन याख्खाले गोल गरेका हुन् । यस्तै झापा–११ का लागि कप्तान योगेश गुरुङले गोल गरेका थिए । मध्यान्तरपछिको खेलमा झापा–११ ले पुलिसमाथि दबाब सिर्जना गरेको थियो । खेलको ‘म्यान अफ दी म्याच’ पुलिस क्लबका सौजन याख्खा भए । उनले रु १० हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा नेपाल र भारतका गरी १० टोली सहभागी छन् । सोमबार भारत सिक्किमको टोली र मोरङको बेलबारी एफसीबीच खेल हुनेछ । प्रतियोगिताको विजेताले रु १२ लाख ५० हजार र उपविजेताले रु छ लाख २५ हजार पुरस्कार प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.