पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप फुटबल कात्तिक १६ देखि २५ गतेसम्म सञ्चालन हुँदै

सुरुङ्गा, १४ कात्तिक : शनिबारदेखि झापामा ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप फुटबल’ प्रतियोगिता हुने भएको छ । कात्तिक १६ देखि २५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा हुने सो प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका चार क्लबसहित १० टोलीको सहभागीता रहने खेल संयोजक अभिनाश राईले जानकारी दिनुभयो । रु नब्बे लाखको लागत भएको उक्त प्रतियोगिताको उपाधि विजेताले रु १२ लाख ५० हजार तथा उपविजेताले रु छ लाख २५ हजार पुरस्कार प्राप्त गर्ने छ ।

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङगशालामा आयोजना हुने ‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६’ विषयमा जानकारी गराउँदै आयोजक जायोन स्पोर्टस क्लबका पदाधिकारीहरु । तस्बिर: सुरेन्द्र भण्डारी

प्रतियोगितामा सङ्कटा फुटबल क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, झापा–११ फुटबल क्लब, जायोन स्पोर्टस् क्लब, मोलवे आसाम, गोर्खा ब्याइज रुपन्देही र सिक्किम आक्रामक एफसी क्लबले सहभागीता जनाउने निश्चित भए पनि एउटा क्लबको टुङ्गो लाग्न बाँकी रहेको संयोजक राईले बताउनुभयो ।

प्रतियोगिताका उत्कृष्ट गोल रक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी, सर्वाधिक गोलकर्तालाई नगद पुरस्कार तथा उत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजक समितिका सचिव गौरीमान राईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.